Techie IT
×
गृहपृष्ठराजनीतिमधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार


काठमाडौँ -मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ ।

वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको हो ।

प्रदेशको राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै काँग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको र मुख्य राउतको घरको सिसा फुटेको जनाइएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #Breakig

तपाईको प्रतिक्रिया दिनुहोस