Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री- कोरोना महामारीसँग जुध्न आवश्यक सम्पूर्ण तयारी गर्नूस्

प्रधानमन्त्री- कोरोना महामारीसँग जुध्न आवश्यक सम्पूर्ण तयारी गर्नूस्


काठमाडौँ -प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँग जुध्न आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको बिपद न्युनीकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नाकाका सबै क्षेत्रमा होल्डिङ सेन्टर र कोरोना परिक्षणका साथै महामारीसँग जुध्न आवश्यक सबै तयारी गर्न निर्देशन दिए ।

होल्डिङ सेन्टर र आइसोलेशनका लागि ठाँउ अभाव भए खाली रहेका बिद्यालयको प्रयोग गर्नुपर्ने उनले बताए ।

खोप प्रयाप्ततालाई बढाएर बुष्टर डोजका साथै सबै स्वास्थ्यसंस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्री देउवाले हर हालतमा जनताको ज्यान जोगाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

सबै भीडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सबै सचेत रहनुपर्ने बताए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले खोप अभियानलाई तीव्रता दिइएको र तेस्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस