Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिकांग्रेस वरीयता : विश्वप्रकाशभन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर

कांग्रेस वरीयता : विश्वप्रकाशभन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर


काठमाडौँ -नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।

काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।

कांग्रेसले जारी गरेको सूची अनुसार सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो ।

महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् ।

सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् ।

केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् । उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ ।

त्यस्तै सभापतिमा पराजित शेखर कोइराला २० औं वरीयतामा छन् । वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस