Techie IT
×
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रको आठौँ महाधिवेशन : यस्तो छ प्रचण्डको दस्तावेज

माओवादी केन्द्रको आठौँ महाधिवेशन : यस्तो छ प्रचण्डको दस्तावेज


काठमाडौँ। माओवादी केन्द्रको जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारदेखि सुरु भएको बन्द सत्रमा प्रचण्डले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गरेका छन् ।

निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

 

जनवर्गीय सङ्गठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पङ्क्ति जनताको माझमा गई व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने चुरो दस्तावेजमा छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस