गृहपृष्ठ ∕ राजनीति ∕ सबैको भावनालाई समेटेर काम गर्नेछु : देउवा सबैको भावनालाई समेटेर काम गर्नेछु : देउवा दीप संञ्चार पुस १०, २०७८ गते १९:१९ मा प्रकाशित काठमाडौँप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र समावेशी सिद्धान्तलाई पूर्णरुपमा आत्मसात गरेर पार्टी सभापतिको हैसियतले सबैको भावनालाई समेटेर अघि बढ्ने बताएका छन् ।कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सबैलाई धन्यवाद दिदै मतदानमा आफूलाई भोट नहाल्नेको पनि प्रतिनिधित्व गरेर पार्टी सञ्चालन गर्ने धारणा व्यक्त गरे । उनले पार्टी सञ्चालनका लागि सबैको सहयोगको अपेक्षासमेत गरे ।सो अवसरमा उनले कांगे्रसको १४औँ महाधिवेशनका क्रममा वडा तहदेखि केन्द्रसम्म भएको प्रजातान्त्रिक प्रक्रिया र प्रयोग नेपालका अन्य पार्टीमा विरलै भएको बताउँदै सच्चा मानेमा कांग्रेस प्रजातान्त्रिक पार्टीका रुपमा स्थापित भएको र जनतामा भिजेको उल्लेख गरे । आगामी दिनमा हुने तीनै तहका निर्वाचनमा कांग्रेस विजयी भएर सबैभन्दा ठूलो पार्टी बन्ने उनको भनाइ थियो ।कांग्रेसले सफलतापूर्वक सबै तहका निर्वाचन सम्पन्न गरी सबै संरचनामा तल्लो तहदेखि नै महिलाको सहभागिता सुनिश्चित गरिएको अवगत गराउँदै सभापति देउवाले यस्तो समावेशी व्यवस्था सायदै अरु पार्टीमा नरहेको उल्लेख गरे । उनले भोलिका दिनमा पार्टीमा महिला मतदाताको सङ्ख्या वृद्धिमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गरे ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न