Techie IT
×
गृहपृष्ठराजनीतिकाँग्रेस प्रदेश दुईको सभापतिमा देउवा पक्षका यादव निर्वाचित

काँग्रेस प्रदेश दुईको सभापतिमा देउवा पक्षका यादव निर्वाचित


काठमाडौँ

नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित भएका हुन् ।

काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो । तर कृष्णले १ सय ४१ मतान्तरले रामसरोजलाई पराजित गरे ।

सभापतिमा कृष्ण निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो ।१ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस