Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस केन्द्रीय सदस्यमा शशांकलाई उछिन्दै सर्वाधिक मत ल्याउनेमा मुक्ताकुमारी

कांग्रेस केन्द्रीय सदस्यमा शशांकलाई उछिन्दै सर्वाधिक मत ल्याउनेमा मुक्ताकुमारी


काठमाडौँ

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । उनले ३९६० मत ल्याएकी हुन् । उनी मधेशी महिला समूहतर्फबाट सदस्यमा निर्वाचित भएकी हुन् ।

यसअघि केन्द्रीय सदस्यमा सर्वाधिक मत शशांक कोइरालाले ल्याएका थिए । तर, कोइरालाले ल्याएको ३८३६ मतभन्दा यादवले १२४ मत बढी ल्याइन् ।

पदाधिकारीको मत परिणाम आउँदा गगनकुमार थापाले सर्वाधिक मत पाएका थिए । उनले ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए ।

तर, खुला केन्द्रीय सदस्यको परिणाम आउँदा गगनलाई उछिनेर शशांकले ३८३६ मत ल्याए । मधेशी महिला समूहको परिणाम आउँदा शशांकलाई मुक्ताकुमारीले उछिनेर सर्वाधिक मतसहित सदस्यमा निर्वाचित भएकी हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस