Techie IT
×
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल निर्वाचित, पदाधिकारीमा को-को ?

माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल निर्वाचित, पदाधिकारीमा को-को ?


काठमाडौँ

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका हुन् । सोमबार भएको मतदानमा पौडेलले दिनानाथ गौतमलाई पराजित गरेका हुन् । पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र ल्याउन सके ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी चयन भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ तथासहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस