Techie IT
×
गृहपृष्ठराजनीतिडिला संग्रौलाले सबैभन्दा धेरै मत पाउँदा तेस्रो भइन् आरजु, कसले कति पाए मत ?

डिला संग्रौलाले सबैभन्दा धेरै मत पाउँदा तेस्रो भइन् आरजु, कसले कति पाए मत ?


काठमाडौँ

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महिला खुलातर्फ केन्द्रीय सदस्यमा ९ जना निर्वाचित भएका छन् ।

९ मध्ये ८ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् । डा। शेखर कोइराला नेतृत्वको प्यानलबाट एक जना मात्रै खुला महिलातर्फ केन्द्रीय सदस्य विजयी भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार डा। डिला संग्रौला, पुष्पा भुसाल, डा। आरजु राणा देउवासहित ९ जना निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार डा। संग्रौला ससर्वाधिक मत ल्याएर निर्वाचित भएकी छिन् । उनले २८८५ मत पाइन्। दोस्रो नम्बरमा पुष्पा भुसाल छिन् । उनी २७१८ मत ल्याएर विजयी भइन् । डा।राणा देउवाले २५३६ मत ल्याएर विजयी भइन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस