Techie IT
×
गृहपृष्ठराजनीतिबागमती माओवादी नेतृत्वका लागि चुनाव-९ पदमा २७ जनाको उम्मेदवारी

बागमती माओवादी नेतृत्वका लागि चुनाव-९ पदमा २७ जनाको उम्मेदवारी


काठमाडौँ

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । प्रदेशको नयाँ नेतृत्वसहितको पदाधिकारी चयनका लागि मतदान सुरु भएको हो ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । जारी चुनावी प्रक्रियामा अध्यक्षसहितका ९ पदमा २७ जनाले उम्मेदवारी दिएका छन् ।मा‌ओवादीको बागमती प्रदेश अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका छन् ।

२९ जनाले उम्मेदवारी दिएको भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै २७ जना चुनावी मैदानमा छन् ।

अध्यक्षमा २ जना र सचिवमा ४ जना, उपाध्यक्षमा ९ जना, सहसचिवमा ११ जना र कोषाध्यक्षमा ३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

अध्यक्ष र पदाधिकारी छान्न प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी केन्द्र बागमती प्रदेशले जनाएको छ ।

बागमती प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्वसहित पदाधिकारी चयन गर्न खोजिएपनि सहमति नभएपछि अध्यक्ष प्रचण्डको निर्देशनमा चुनाव गर्न लागिएको हो । मतदानमा २७५ जना मतदाता छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #Breakig

तपाईको प्रतिक्रिया दिनुहोस