Techie IT
×
गृहपृष्ठराजनीतिकर्णालीमा पौडेल पक्षबाट भूपेन्द्रजंगको उम्मेदवारी, देउवा पक्षबाट को- को छन् ?

कर्णालीमा पौडेल पक्षबाट भूपेन्द्रजंगको उम्मेदवारी, देउवा पक्षबाट को- को छन् ?


काठमाडौँ

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने भएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भोलि मनोनयन र पर्सी मतदानको कार्यतालिका छ ।तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका शाही यसपटक प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा भिड्न लागेका हुन् । शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेस गरेका छन् ।

संस्थापन पक्षबाट को-को आकांक्षी ?
संस्थापन (शेरबहादुर देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा तीन जना आकांक्षी छन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजिवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारी सभापतिको उम्मेदवारका लागि लविङमा छन् । शाही र शाह तत्कालीन संविधानसभा सदस्य हुन् भने सहकारी कालिकोट जिल्ला पूर्वसभापति हुन् ।

तीन जनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरुले छलफल जारी राखेका छन् । छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई सभापति उम्मेदवार बनाउने तयारी भएको स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस