Techie IT
×
गृहपृष्ठराजनीतिआजदेखि सातै प्रदेशमा कांग्रेसको प्रदेश अधिवेशन, सभापति देउवाले उद्घाटन गर्ने

आजदेखि सातै प्रदेशमा कांग्रेसको प्रदेश अधिवेशन, सभापति देउवाले उद्घाटन गर्ने


काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज बिहीवार ७ वटै प्रदेशमा प्रदेश अधिवेशन उद्घाटन हुँदैछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन हुने र शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । अधिवेशन अन्तर्गत पर्सि शनिवार निर्वाचन हुने कार्यतालिका छ ।प्रदेश अधिवेशनमा १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउने भएका छन् ।

कांग्रेसको प्रादेशिक अधिवेशन १ नम्बर प्रदेशको विराटनगर, २ नम्बर प्रदेशको जनकपुरधाम, बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा आयोजना हुँदैछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे प्रदेश अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको बताएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस