Techie IT
×
गृहपृष्ठग्लोबलनेपाली जनसम्पर्क समिति आयरल्याण्डको अधिवेशन सम्पन्न, सभापतिमा ओली

नेपाली जनसम्पर्क समिति आयरल्याण्डको अधिवेशन सम्पन्न, सभापतिमा ओली


कोर्क – राष्ट्रियता, लोकतन्त्र र समाजवादको धरोहर नेपाली काँग्रेसको शुभेक्षुक संस्था नेपाली जनसम्पर्क समिति आयरल्याण्डको सभापतिमा अंकित ओली निर्विरोध निर्वाचित भएका छन् ।

गत सोमबार आयरल्याण्डमा सम्पन्न समितिको प्रथप ऐतिहासिक अधिवेशनबाट जनसम्पर्क समितिको इतिहासमा संभवतः संसार कै कांछो सभापतिको रूपमा ओलीले  नयाँ कार्यसमिति सर्व सम्मत रुपमा नेतृत्व गरेका हुन ।

जनसम्पर्क समीती फ्रान्सका सभापती सुधीर राना केन्द्रीय प्रतिनिधि रहेको कार्यक्रममा कार्यवाहक सभापति लक्ष्मी सापकोटाको सभापतित्व तथा नेपाली काँग्रेस जनसम्पर्क विभागका केन्द्रीय संयोजक एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य गोबिन्द भट्टराईको प्रमुख आथित्यता सम्पन्न भाएको थियो।

 कार्यक्रममा  नेपाली कांग्रेस जनसम्पर्क विभागका यूरोप संयोजक दिल गुरुङ्ग र नेपाली जनसम्पर्क समीती आयरल्यान्डका संस्थापक सभापति एवं गैरआवासीय नेपाली संघ यूरोप उप-संयोजक शुक्रराज न्यौपानेको विशिष्ट आथित्यता रहेको थियो ।

संस्थापक सभापति न्यौपाने प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन कमिटिले उप-सभापतिमा अविनाश घिषिङ, महामन्त्रीमा चमन राना र सह-महामन्त्रीमा लोकेश धामीलाई निर्विरोध निर्वाचित गरको छ ।

त्यस्तै निर्वाचन समितिले भागीरथी त्रिपाठी, विमला गुरूङ, कृश्ण काफ्ले, लक्ष्मी पौडेल, पार्वती आचार्य, सोहन थापा, बिकल पौडेल, जोनस जोशी, हरी गौतम र रामकाजी गुरुङ्गलाई कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

आवश्यकता अनुसार २१ सदस्य कार्य समीतीको पदपूर्ती गर्नको लागी नयाँ कार्य समीतीलाई जिम्मेवारी दिईएको निर्वाचन आयूक्त न्यौपानेले दीप संचार मिडियालाई जानकारी दिएका छन ।

नव विर्वाचित समापति ओलीले संस्थापक तथा निवर्तमान सभापति समेत भएको हुँदा विधान तह निर्वाचन आयूक्त शुक्रराज न्यौपाने संरक्षक रहने गरी ७ सदस्यीय सल्लाहाकार समिति गठन गरिएको समेत जानकारी दिए । सल्लाहकार समितिमा बिनोद कार्की, नवराज कोइराला, गणेश प्रसाई, लक्ष्मी सापकोटा, प्रकाश सापकोटा, रमेश गुरुङ र सागर लामा रहेका छन् ।

प्रवासी नेपाली मन्च आयरल्याण्डका अध्यक्ष बसन्त न्यौपाने, एनआरएनए एनसीसी आयरल्याण्डमा पूर्व अध्यक्षहरु राजन काफ्ले, गणेश प्रसाई र नवराज कोईराला तथा एनसीसी आयरल्याण्ड अन्तरगत कोर्क क्षेत्रका क्षेत्रीय संयोजक रुपेश रेग्मी, अर्गाखाँची समाजका केन्द्रीय उपाध्यक्ष सालिकराम खनाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

समितिका महामन्त्री प्रकाश सापकोटाले सहजीकरण गरेको कार्यक्रममा कोभिड-१९ को पछिल्लो भेरियन्टका कारण अथितिहरुलाई भर्चुअलरुपमा जोडिएको नव निर्वाचित सभापति ओलीले जानकारी दिए ।


क्याटेगोरी : ग्लोबल, राजनीति
ट्याग : #breaking, #hot, #NRNA, #जनसम्पर्क समिति

तपाईको प्रतिक्रिया दिनुहोस