Techie IT
×
गृहपृष्ठग्लोबलगल्फजनसम्पर्क समिति साउदीले सल्लाहकार समितिलाई पुर्णता दियोे : चयन भए कार्की र महत

जनसम्पर्क समिति साउदीले सल्लाहकार समितिलाई पुर्णता दियोे : चयन भए कार्की र महत


रियाद – नेपाली काँगे्रसको भातृ संगठन जनसम्पर्क समिति साउदी अरबले मोरंग उर्लाबारीका कुमार कार्की र हेटाैडाका राजिब महतलाई सल्लाहकार चयन गर्दै सल्लाहकार समितिलाई पुर्णता दिएको छ ।

गत मंगलबार बसेको समितिको बैठकले कार्की र महतलाई सल्लाहकारमा चयन गर्दै सल्लाहकार समितिलाई पुर्णता दिएको हो । सल्लाहकार समितिको संयोजक निवर्तमान सभापती दिपक रेग्मी रहेका छन् ।

समितिका कार्यवाहक सभापती द्धारिकाराज गीरीको सभापतित्वमा आयोजित सो बैठकको संचालन महामन्त्री सुरेश त्रिपाठीले गरेका थिए ।

नेपाली काँग्रेसको १४ महाधिबेशनको प्रकृया देश र विदेश सबै तिर भईरहँदा नेपाली काँग्रेसको प्रवास भातृ संगठन जनसम्पर्क समितिले सल्लाहकार समितिलाई पूर्णता दिदैं महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई महाधिबेशनमा सहभागी हुन र सक्षम नेतृत्व चयन गर्नका लागी शुभकामना समेत व्यक्त गरेको छ ।


क्याटेगोरी : राजनीति, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस