Techie IT
×
गृहपृष्ठराजनीतिअहंकारी र घमन्डी नेता हुँदैन : ओली

अहंकारी र घमन्डी नेता हुँदैन : ओली


काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

‘जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छु, उनले भने । उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताए ।

यसका साथै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाएर लैजाने ओलीले बताएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस