Techie IT
×
गृहपृष्ठराजनीतिएमाले महाधिवेशन : बिहान ४ बजेबाट मतदान जारी

एमाले महाधिवेशन : बिहान ४ बजेबाट मतदान जारी


काठमाडौँ 

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ । मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदान हाल जारी छ ।

नामावली सूचीअनुसार तीन पदाधिकारी पदमा चुनाव भैरहेको हो । अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की बागी उम्मेदवार बनेका छन् ।

केपी शर्मा ओलीलाई अध्यक्षमा रावलले चुनौति दिएका छन् भने ६ सिट रहेको उपाध्यक्षमा भुसालसहित सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली मैदानमा उत्रिएका छन् । भीम र टंकले दिएको ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल उम्मेदवार छन् ।

त्यसैगरी भुगोल विधाको प्रदेश १ अन्तर्गत खुला र महिलामा १र१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

१० पदमा १२ जनाले उम्मेदवारी दिँदै कमिटी सर्वसम्मत बनाउने वर्तमान अध्यक्ष ओलीको प्रयासमा ब्रेक लगाएका छन् । यसअघि विधागत गरी प्रारम्भिक नामावलीमा ५० पदमा उम्मेदवारी परेकोमा अन्तिम नामावलीमा १० पदमा उम्मेदवार बाँकी रहेका छन् । अरुले फिर्ता लिएका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस