गृहपृष्ठ ∕ राजनीति ∕ एमाले उपाध्यक्षमा उम्मेदवारी दिने भुसालको घोषणा एमाले उपाध्यक्षमा उम्मेदवारी दिने भुसालको घोषणा दीप संञ्चार मंसीर १०, २०७८ गते २१:०५ मा प्रकाशित काठमाडौँ नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।उता अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावल र भुसाल एकै समूहमा छन्। रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने आँकलन गरिएको थियो। तर उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। एमालेमा चार उपाध्यक्ष चयन हुनेछन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा बन्दसत्र सफल पार्ने घोषणा गरिरहेका बेला पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। यही सिलसिलामा अब १० बुँदे पक्षधर नेताहरु भीम रावल र घनश्याम भुसाललाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती ओलीमाथि थपिएको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल