गृहपृष्ठ ∕ राजनीति ∕ भीम रावलको विरोधपछि रोकियो ओलीको रात्रिभोज भीम रावलको विरोधपछि रोकियो ओलीको रात्रिभोज दीप संञ्चार मंसीर ९, २०७८ गते ८:०९ मा प्रकाशित काठमाडौँनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनमा गर्ने भनिएको रात्रिभोज रोकिएको छ ।अध्यक्ष ओलीले मंसिर ११ गते सौराहामा महाधिवेशन प्रतिनिधिका लागि रात्रिभोज गर्ने तयारी भएको थियो तर मंगलवारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले भोजभतेरको विरोध गरेपछि रात्रिभोज रद्द गरिएको हो ।महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षासहित अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्रम थियो । तर, उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्ने गरी रात्रिभोज दिन नहुने तर्क गरेपछि स्थगित भएको एक नेताले जानकारी दिए ।सर्वसम्मत पुनः अध्यक्षमा दोहोरिने अपेक्षा राखेका ओलीविरुद्ध पार्टीमा असन्तुष्ट रहेका रावलले हालै पार्टीको अध्यक्षको पदमा उम्मेदवारी दिएका छन् ।एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । सो महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने एमालेले जनाएको छ । उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल