Techie IT
×
गृहपृष्ठराजनीतिकाँग्रेस होसियार ! प्रचण्डले सिध्याउलान् : केपी ओली

काँग्रेस होसियार ! प्रचण्डले सिध्याउलान् : केपी ओली


काठमाडौँ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन् । युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब काँग्रेसलाई बिगार्न सक्ने बताएका हुन् ।

एमाले बिगार्न नसकेर काँग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार काँग्रेस प्रचण्डले सिध्याउलान् ।’

काँग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले काँग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस