Techie IT
×
गृहपृष्ठराजनीतिफिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा

फिल्ममा धूम मच्चाएकी रिनाशा कांग्रेसभित्र चुनाव लड्दै, उम्मेदवारी घोषणा


काठमाडौँ

नेपाली फिल्मी क्षेत्रमा धूम मच्चाउने कलाकार रिनाशा बान्तवा केही दिनयता गृहजिल्ला इलाम पुगेर राजनीतिक गतिविधिमा सक्रिय छिन् । उनी नेपाली कांग्रेस पार्टीको राजनीतिमा व्यस्त भएकी छन् ।

चर्चित कलाकार रिनाशा कोरियाग्राफी र निर्देशनबाट फुर्सद निकालेर कांग्रेसको चुनाव लड्न इलाम पुगेकी छन् ।

नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएकी रिनाशा पार्टीको चुनावबाट महाधिवेशन प्रतिनिधि बन्न चाहन्छिन् । उनले महाधिवेशन प्रतिनिधि पदमा चुनाव लड्ने घोषणा गरिसकेकी छन् ।

कलाकार रिनाशा इलामका कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार वान्तवाकी छोरी हुन् । यतिबेला रिनाशा ‘आईएम ट्वान्टीवान’ चलचित्रको निर्देशन गर्दै पार्टीका अधिवेशनमा तातेकी छन् । उनले इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएकी छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस