Techie IT
×
गृहपृष्ठराजनीतियूवा नेत्री मुना भुसालले गरिन, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

यूवा नेत्री मुना भुसालले गरिन, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा


दाङ – नेपाली कांग्रेसका यूवा नेत्री मुना भुसालले कांग्रेसको महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

प्रतिनिधि सभा पर्वतको अधिवेशनमा उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेकी हुन । पर्वत कांग्रेसका मतदाताहरूसँग अपिल गर्दै उनले सबल र सक्षम काँग्रेस निर्माणमा आफ्नो अभिमत मार्फत महत्वपूर्ण भूमिकामा रहि विवेक पूर्ण निर्णय लिदै महाधिवेशन प्रतिनिधिमा मतदान गरेर बिजयी गराउन आग्रह गरेकी छन ।

विध्यार्थी राजनीतिबाट आफूलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको पथमा क्रियाशील राखेकि भुसालले  कांग्रेसको तरुण दल लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव संगालेकि छिन। महिला सशक्तिकरण र सामाजिक अभिभारा बहन गर्न अहोरात्र खटिने भुसाल मिजाशिलो, सरल स्वभावका र प्रष्ट वक्ताका रूपमा यूवाहरु माझ लोकप्रिय छिन ।

वीपी कोईराला संग लामो समय काम गरेका पूर्व गृहमंत्री तथा कांग्रेसका वरिष्ठ नेता स्व. खुमबहादुर खड्का निकट रहेर काम गरेकी भुसालले आफूलाई प्रजातान्त्रिक समाजवादको यात्राको एक सच्चा सिपाहिको रूपमा स्थापित गरिसकेका छन ।

व्यक्तिगत स्वार्थबाट माथी उठेर समाज, देश र जनताको लागी मन, वचन र कर्मले ईमानदारीका साथ काम गर्ने अठोट लिएकी भुसालले भन्छीन, “गणतन्त्र आगमन र संघीयता कार्यान्वयन पछिको पहिलो महाधिवेशनबाट हामीहरू नयाँ संरचनामा प्रवेश गर्दैछौं । पार्टीको स्वरूप र संरचना परिवर्तन हुदैछ। हाम्रो लागि यो नयाँ युगको आगमन पनि हो । पार्टिलाई नयाँ तरिकाले नेतृत्व प्रदान गर्नु आजको आवस्यकता हो।”


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस