Techie IT
×
गृहपृष्ठराजनीतियूवा नेता महेश श्रेष्ठले गरे, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

यूवा नेता महेश श्रेष्ठले गरे, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा


दाङ – नेपाली कांग्रेसका युवा नेता महेश श्रेष्ठले कांग्रेसको महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

दाङ कांग्रेसको अधिवेशनमा उनले क्षेत्र न.२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन । दाङ कांग्रेसका मतदाताहरूसँग अपिल गर्दै उनले महाधिवेशन प्रतिनिधिमा मतदान गरेर बिजयी गराउन आग्रह गरेका छन ।

कांग्रेसको तरुण दल लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर श्रेष्ठले काम गरेको अनुभब छ। मिजाशिलो, सरल स्वभावका श्रेष्ठ निकै सहयोगि र यूवाहरु माझ लोकप्रिय छन ।

सफल व्यवसायी तथा कुशल समाजसेवीका रूपमा आफूलाई स्थापित गरेका श्रेष्ठ कांग्रेसको महाधिवेशन प्रतिनिधी यसअघि पनि भएका थिए ।

वीपी कोईराला संग लामो समय काम गरेका पूर्व गृहमंत्री तथा कांग्रेसका वरिष्ठ नेता स्व. खुमबहादुर खड्काका निकट पात्रका रूपमा परिचित श्रेष्ठले आफूलाई प्रजातान्त्रिक समाजवादको यात्राको एक सच्चा सिपाहिको रूपमा स्थापित गरिसकेका छन ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस