गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानन्यायाधीश वा न्यायाधीशको पद कुन अवस्थामा जान्छ ? प्रधानन्यायाधीश वा न्यायाधीशको पद कुन अवस्थामा जान्छ ? दीप संञ्चार कात्तिक २६, २०७८ गते १६:२९ मा प्रकाशित काठमाडौँ वकिलहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनको विरोधका माझ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रवार दैनिक पेसी तोक्ने नियमित काम यथावत् गरेका छन्।तर उनले बाँकी न्यायाधीशका लागि इजलास तोके पनि आफ्ना लागि भने इजलास तोकेनन्।प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै आएको बारले शुक्रवार कार्यालय समय सुरु हुँदा अदालतको प्रवेशद्वारमा प्रधानन्यायाधीशविरुद्ध नारा लगाउँदै विरोध जनाएको छ।प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने बारले जनाइरहँदा सर्वोच्च अदालत प्रवेश गर्ने क्षेत्रहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो।प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद यी अवस्थामा रिक्त हुने संवैधानिक व्यवस्था छ--राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा-६५ वर्ष पूरा भएमा-नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा-शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रधानन्यायाधीशको हकमा संवैधानिक परिषद् र सर्वोच्च -अदालतको न्यायाधीशको हकमा न्याय परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा-नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएमा-मृत्यु भएमा।बिबिसीक्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न