गृहपृष्ठ ∕ राजनीति ∕ ‘माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले ठुला कुरा नगरेकै बेस’ भन्दै ओलीमाथि खनिइन् प्रचण्डपुत्री ‘माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले ठुला कुरा नगरेकै बेस’ भन्दै ओलीमाथि खनिइन् प्रचण्डपुत्री दीप संञ्चार कात्तिक १६, २०७८ गते ११:४२ मा प्रकाशित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएकी छिन् । माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भएपनि उनले ठूलो कुरा गर्दै हिँडेको दाहालको भनाइ छ ।‘ इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला’, दाहालले ओलीप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा भनेकी छन् । उनले विगतमा ओलीको लागि भोट माग्दै प्रचण्ड झापासम्म पुगेको स्मरण गर्दै दाहालले सोही बेला आफ्नो भाइ गुमाउनु परेको समेत बताएकी छिन् ।‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यहीपनि पार्किन्सनको बिरामी’, दाहालले भनेकी छिन्, ‘भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुःखद घटना घट्यो।घरमा परिवारका सदस्य कोही पनि नभएको बेला र सबै आ–आफ्नो चुनावी मैदानमा । बिरामी आमा मात्र घरमा । के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो।’दाहालले यस्तो परिस्थितिबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको जिकिर गरेकी छिन् । ‘झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो रु हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त। धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त।’सोमबार चितवनमा आयोजित कार्यक्रममा ओलीले विगतमा आफूले प्रचण्डका लागि दुई दुई पटक भोट माग्नु परेको तर अब त्यस्तो गल्ती नगर्ने बताएका थिए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न