Techie IT
×
गृहपृष्ठग्लोबलनेपाली जनसंम्पर्क समिति इजरायलद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, सांसद प्रधान द्वारा पूर्व राजदुत डा. शाक्यको उच्च प्रशंसा,

नेपाली जनसंम्पर्क समिति इजरायलद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, सांसद प्रधान द्वारा पूर्व राजदुत डा. शाक्यको उच्च प्रशंसा,


काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व रक्षा मंत्री एवं सविधान सभा सदस्य भीमसेन दास प्रधानले इजरायल स्थित निवर्तमान नेपाली राजदूत डा. अन्जान शाक्यको उच्च प्रशंसा गरेका छन्।

नेपाली जनसंम्पर्क समिति इजरायलले नेपालीहरूको महान एवं मौलिक पर्वहरु विजय दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४२ एवं छठ पर्वको अवसरमा गत सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व राजदूत डा. शाक्यले ईजरायल र नेपाल विचको कुटनीतिक सम्बन्ध, इजरायल बासी नेपाली समुदाय प्रति बहन गरेको जिम्मेवारी र समग्र नेपालीहरूको हकहितमा पुर्याएको योगदानको मुक्त कण्ठले प्रशंशा गरेका हुन्।

समितिका सभापति दिपिका भुसालको सभापतित्वमा एवं ईजरायल स्थित नेपाली नियोगका उपप्रमुख एवं कार्यवाहक राजदू अर्जुन घिमिरेको विशिष्ठ आतिथ्यतामा संम्पन्न भएको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा भर्चुअल सम्बोधन गर्दै प्राध्यापक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका सांसद प्रधानले जय नेपाल राष्ट्रिय अभिभादन हुनुपर्ने जिकिर गर्दै अप्राकृतिक मौसम विपत्तिमा परेकालाई उचित क्षतिपूर्ति दिन नेपाल सरकार संग माग गर्ने, इजरायल र नेपालको सम्बन्ध, बीपीका संघर्षका कुरा, धर्मनिरपेक्षताका कुरा, माओवादीलाई मूलबाटोमा ल्याएको स्मरण गराउँदै सबैलाई सुस्वास्थ्य दिर्घायु को कामना गर्दै विभिन्न राष्ट्रिय चाडपर्वहरूको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै सभापति भुसालले कार्यक्रम सफल पार्नका लागी प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग, शुभेच्छा, सहकार्य गर्नुहुने सबैमा एक मुष्ठ धन्यवाद दिदै भनिन्, ‘नेपालीहरूको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संम्वत ११४२ एवं छठ पर्वको पावन अवसरमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको धरोहर, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसंम्पर्क समिति इजरायल द्वारा मित्रता, सद्भाव र मेलमिलापको वातावरणमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरि  शुभेच्छा, हौसला र अभिभावकत्व प्रदान गर्नुहुने पूर्व रक्षामन्त्री तथा नेकाका केन्द्रिय सदस्य मा. भिमशेनदास प्रधान ज्यू प्रति मा निकै आभारी छु।’

भुसाले थपिन, ‘विशिष्ट आतिथ्यता ग्रहण गरि अभिभावकिय भुमिका प्रदान गरि शुभेक्षा दिनुहुने इजरायल स्थित नेपाली नियोग उप-प्रमुख एवं कार्यवाहक राजदूत श्री अर्जुन घिमिरे ज्यू लगायत कार्यक्रममा गरिमामय उपस्थिति जनाई अमुल्य शुभेच्छा प्रदान गर्नुहुने सम्पूर्ण वैचारिक संघसंस्था, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल एवं इजरायलमा स्थापित सम्पूर्ण संघसंस्थाहरूका साथै उपस्थित मिडिया कर्मी मित्रहरू लगायत सम्पूर्ण व्यक्तित्वहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।’

प्रवासमा हुँदा हुँदाको पिडा, घरदेशको सम्झना र समग्र नेपाली समुदायको समुन्नत विकाश, भाइचारा र एकताका लागि यी र यस्ता गतिविधिहरू अपरिहार्य रहेको जिकिर गर्दै  भनिन, ‘हामीले भर्चुअल रूपमै भए पनि सामाजिक गतिविधिलाई तिब्रता दिएका छौं, गत हप्ता मात्रै इजरायल बासी नेपालीहरूलाई मध्यनजर गर्दै वैचारी एवं एतिहासिक आन्तरिक भ्रमण सम्पन्न गरेका छौं। यस विचमा अमुल्य समय, साथ र शुभेक्षा दिने इजरायल बासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू, शुभचिन्तक लगायत सम्पूर्ण व्यक्तित्वहरू, जनसम्पर्क समितिका पदाधिकारीहरू, सदस्यहरू, प्रदेश प्रमुखहरू लगायत सम्पूर्ण व्यक्तित्वहरू प्रती हार्दिक आभार प्रकट गर्दै पुनः यस पेरीफेरीमा रहेका सम्पूर्ण महान चाडपर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त  गर्दछु। ‘

विशिष्ट अथिति तथा नियोग उप प्रमुख घिमिरेले वक्ताहरूको अभिव्यक्तिलाई सम्बोधन गर्दै आफू र नियोग परिवार सधैं नेपाल र नेपाली प्रति नै कटिबद्द रहने कुरामा कुनै दुईमत नभएको स्मरण गराउँदै कुटनीतिक पक्ष र नेपालीहरूको हकहितका लागी हरेक प्रकारको भूमिका निर्वाह गरी अगाडी बढ्ने पथमा रहेको हुँदा आफ्नो काम र कर्तव्य प्रति शंका नगर्न आग्रह गरेका थिए।

त्यस्तै विशेष अतिथि तथा  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष गणेश गिरी नेपाली चाडपर्वहरूको उपलक्ष्यमा शुभकामना दिदै गठबन्धन सरकारले नियोग प्रमुख परिवर्त गरेकोमा दुख व्यक्त गर्दै निकै अपरिपक्व निर्णय गरेको भन्दै नेपाल सरकारको कडा आलोचना गरेका थिए।

इजरायलमा स्थापित जन प्रगतिशील, प्रवासी मञ्च, नेपाली समाज, संघीय लिम्वुवान, नेपाल जनजाति आदीबासी महासंघ, साहितिक एवं जिल्ला संस्थाहरूका अध्यक्ष एवं प्रतिनिधिहरूले शुभकामना दिदै सम्बोधन गरेका थिए।

त्यस्तै राष्ट्रिय नेवा खल, तमुसमाज, नेपाली समाज, नमस्ते हातेमालो सामाजिक संस्था समितिका सल्लाहकार शान्ता खवास, वरिष्ठ सल्लाहकार एवं पूर्व कार्यवाहक सभापति डम्बर गुरुङ, महासमिति सदस्य एवं निवर्तमान सभापति खगेश्वर अधिकारी, महाधिवेशन प्रतिनिधि राजेन्द्र खनाल, शुभराज  छत्कुली, नेपाली जनसंम्पर्क समिति युएईका सभापति भवानी प्रसाद तिमल्सिना र प्रवासी नेपाली मञ्चका अध्यक्ष तीर्थ गौतम लगायतले शुभकामना मन्तव्य दिएका थिए।

नेपाली जनसंपर्क समितीका संरक्षक, पूर्व सल्लाहकार, विशिष्ट सल्लाहकार, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सल्लाहकाहरु, झापाली समाज इजरायलका अध्यक्ष, हाल्मो समाज र इजरायलमा अवस्थित धार्मिक संस्था, सामाजिक,जातीय संस्थाका साथै विभिन्न संचार गृहका प्रतिनिधि, नेपाली काँग्रेस केन्द्रीय नीति अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठान विदेश संयोजक गंगाधर गौतम अन्य अतिथिहरु समेतले सहभागि जनाएका थिए ।  

नेपाली जनसंम्पर्क समिती इजरायलका उपसभापति एवं महाधिवेशन प्रतिनिधि अनु थापाले सहभागीहरूलाई धन्यवाद ज्ञापन दीइएको कार्यक्रम समितिका महामन्त्री माया खानालले सहजीकरण गरेकि थिइन्। समितिका प्रवक्ता राजेन्द्र उप्रेतीको स्वागत मन्तव्यबाट शुरुवात भएको कार्यक्रमलाई दीप संचार मिडियाका प्रधान सम्पादक तथा एनसीसी कतारका सचिव दिप जंग शाहले प्राविधिक सहजीकरण गरिएको कार्यक्रम समितिको फेसबुक मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो।


क्याटेगोरी : ग्लोबल, राजनीति
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस