गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै दीप संञ्चार कात्तिक ११, २०७८ गते ७:४५ मा प्रकाशित काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदैछ। उनीहरुबीच अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता हुने भएको हो।जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा देउवाले मोदीसँग भेट गर्न लागेका हुन्।नेपालको तर्फबाट वार्ताका लागि आग्रह गरिएको र भारतले त्यसलाई स्वीकार गरेपछि देउवा मोदीको भेट हुने पक्का भएको बताइएको छ। कोप–२६ यही कात्तिक १२–२६ मा हुँदै छ। प्रधानमन्त्री देउवा भने १३ गते गएर १७ गते फर्कने छन्।देउवा र मोदीबीच पछिल्लोपटक २०७४ को भदौमा भेट भएको थियो। चौथो पटक प्रधानमन्त्री भएपछि देउवा भारत भ्रमणमा गएका बेला वार्ता भएयता उनीहरुको भेट भएको छैन। पछिल्लोपटक प्रधानमन्त्री भएर संसदबाट विश्वासको मत पाएपछि मोदीले देउवालाई फोनमार्फत बधाई दिएका थिए।देउवाले ग्लास्गोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्ने कार्यक्रम छ। उनले मोदी र जोन्सनसँग कात्तिक १५ वा १६ गते भेट्ने कार्यक्रम तय भएको छ।मोदीसँगको भेटमा देउवाले दुईबीचको सम्बन्धसँगै भारत र मोदीसँगको आफ्नो सम्बन्ध सुधारकाक लागि प्रयास गर्नेछन्। पछिल्लो समय कांग्रेस र भारतबीत त्यति राम्रो सम्बन्ध नभएको र त्यसलाई सुधार गर्न नेताहरु लागिपरेको बताइएको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न