Techie IT
×
गृहपृष्ठराजनीतिलगानीका लागि सहजीकरण गरिदिन फ्रान्सका राजदूतको आग्रह

लगानीका लागि सहजीकरण गरिदिन फ्रान्सका राजदूतको आग्रह


काठमाडौँ –

अर्थमन्त्री जनार्दन शर्माले फ्रान्सेली राजदूत गिल्लिज् बौरबाओसँग लगानीका लागि सहजीकरणको आग्रह गरेका छन् ।

सोमबार राजधानीमा राजदूत बौरबाओसँग शिष्टाचार भेट गर्दै मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानीका लागि उर्वर रहेको र यसमा लगानी गर्न चाहने फ्रान्सेलीहरुलाई सहजीकरण गरिदिन आग्रह गरे ।

यसका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकार हरदम तयार रहेको मन्त्री शर्माले राजदूत बौरबाओलाई विश्वस्त पारे । उक्त भेटका क्रममा राजदूत बौरबाओ र मन्त्री शर्माबीच कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति पुर्याएकोले त्यसको पुनःनिर्माण र क्षतिपूर्तिको लागि आवश्यक सहयोग जुटाउने सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस