Techie IT
×
गृहपृष्ठराजनीतिहमालसँग नाता पर्नु मेरो दुर्भाग्य : प्रधानन्यायाधीश जबरा

हमालसँग नाता पर्नु मेरो दुर्भाग्य : प्रधानन्यायाधीश जबरा


काठमाडौँ –

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पारेका छन्। प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उनले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताएका छन्।

“मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै संलग्नता छैन”, प्रधानन्यायाधीश राणाले भनेको कुरालाई बैठकपछि पत्रकारसँग बारका महासचिव लीलामणि पौड्यालले जानकारी दिए।

प्रधानन्यायाधीश राणाले न्यायालय सुधारका विषयमा बारले उठाउँदै आएका सम्पूर्ण विषयमा आफू गम्भीर रहेको र त्यसका लागि तत्काल काम सुरु गर्ने छलफलमा बताएका छन्।

बारले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवेदन कार्यान्वयन नगरेको, स्वतन्त्र न्यायपालिका निर्माणमा तदारुकता नदेखाएको भन्दै बारको शुक्रबारको निर्णयानुसार आज प्रधानन्यायाधीशलाई भेट गरी ध्यानाकर्षण गराएको हो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस