गृहपृष्ठ ∕ राजनीति ∕ आज देशभर एकसाथ एमाले वडा अधिवेशन, ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने आज देशभर एकसाथ एमाले वडा अधिवेशन, ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने दीप संञ्चार कात्तिक ६, २०७८ गते ८:०३ मा प्रकाशित काठमाडौँ –नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (शनिबार) देशभर एकसाथ वडा अधिवेशन हुँदैछन्। वडा अधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गर्ने तयारी छ।एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढीरपहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक राख्दै छ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेले दसौँ महाधिवेशन चितवनमा गर्दै छ। एमालेले २०७७ चैत मसान्तसम्म पार्टीको सदस्य बनेकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य मानेको छ।महाधिवेशन हुने चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी एमालेले गरेको छ। महाधिवेशनका लागि एमालेले नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।शुक्रबार बसेको स्थायी कमिटी बैठकले गठन गरेको व्यवस्थपन समितिमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई सहसंयोजक बनाइएको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न