Techie IT
×
गृहपृष्ठराजनीतिएमसीसीबारे परराष्ट्रमन्त्री खड्काले एकाएक बोली फेरे, प्रधानमन्त्रीलाई चुनौती

एमसीसीबारे परराष्ट्रमन्त्री खड्काले एकाएक बोली फेरे, प्रधानमन्त्रीलाई चुनौती


काठमाडौँ

परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसीसी अहिलेकै अवस्थामा पास नहुने बताएका छन् । शनिवार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले सबै दलको साथ सहयोगमा मात्रै एमसीसी पास हुने बताएका छन् ।

शुक्रवार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम पुगेर अहिलेकै अवस्थामा एमसीसी पास हुने बताएका थिए । तर, उनी निकट मन्त्री खड्काले भने सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी दलले ल्याउने साझा धारणाका आधारमा मात्रै एमसीसी पास हुने बताएका हुन् ।

उनले प्रदेश १ र बागमती प्रदेशका विषयमा बाहिर हल्ला आए जस्तो नभएको बताएका छन् । बागमती प्रदेशमा आधा–आधा कार्यकाल समाजवादी र कांग्रेसले नेतृत्व गर्ने सहमति नभएको मन्त्री खड्काको भनाइ छ । ‘सत्तारुढ गठबन्धनमा भागबन्डा गर्नु परेकोले यो अवस्था सिर्जना भएको हो,’ उनले भने, ‘अझै गठबन्धनको बैठकमा छलफल हुनेछ ।’

यस्तै उनले अहिले ‘अर्ली इलेक्सन’ को सम्भावना नरहेको समेत बताए । ‘राजनीति सम्भावनाको खेल हो, सबैको सहमति भयो भने हुन पनि सक्छ,’ उनले भने । अर्को प्रसंगमा खड्काले कांग्रेसको महाधिवेशन तोकिएको समयमा नहुने बताए । ‘माघ पहिलो साताभन्दा अगाडि अधिवेशन हुने छाँटकाँट देखिएको छैन,’ उनले भने ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस