गृहपृष्ठ ∕ राजनीति ∕ एमसीसीबारे परराष्ट्रमन्त्री खड्काले एकाएक बोली फेरे, प्रधानमन्त्रीलाई चुनौती एमसीसीबारे परराष्ट्रमन्त्री खड्काले एकाएक बोली फेरे, प्रधानमन्त्रीलाई चुनौती दीप संञ्चार कात्तिक ६, २०७८ गते १५:२१ मा प्रकाशित काठमाडौँपरराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसीसी अहिलेकै अवस्थामा पास नहुने बताएका छन् । शनिवार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले सबै दलको साथ सहयोगमा मात्रै एमसीसी पास हुने बताएका छन् ।शुक्रवार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम पुगेर अहिलेकै अवस्थामा एमसीसी पास हुने बताएका थिए । तर, उनी निकट मन्त्री खड्काले भने सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी दलले ल्याउने साझा धारणाका आधारमा मात्रै एमसीसी पास हुने बताएका हुन् ।उनले प्रदेश १ र बागमती प्रदेशका विषयमा बाहिर हल्ला आए जस्तो नभएको बताएका छन् । बागमती प्रदेशमा आधा–आधा कार्यकाल समाजवादी र कांग्रेसले नेतृत्व गर्ने सहमति नभएको मन्त्री खड्काको भनाइ छ । ‘सत्तारुढ गठबन्धनमा भागबन्डा गर्नु परेकोले यो अवस्था सिर्जना भएको हो,’ उनले भने, ‘अझै गठबन्धनको बैठकमा छलफल हुनेछ ।’यस्तै उनले अहिले ‘अर्ली इलेक्सन’ को सम्भावना नरहेको समेत बताए । ‘राजनीति सम्भावनाको खेल हो, सबैको सहमति भयो भने हुन पनि सक्छ,’ उनले भने । अर्को प्रसंगमा खड्काले कांग्रेसको महाधिवेशन तोकिएको समयमा नहुने बताए । ‘माघ पहिलो साताभन्दा अगाडि अधिवेशन हुने छाँटकाँट देखिएको छैन,’ उनले भने ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न