Techie IT
×
गृहपृष्ठराजनीतिजसपाले टुंग्यायो मन्त्रीको नाम, यी ४ नेता फाइनल

जसपाले टुंग्यायो मन्त्रीको नाम, यी ४ नेता फाइनल


काठमाडौँ –

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीहरु छानेको छ। शुक्रबार बिहान जसपाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो।

जसपाका शीर्ष नेताहरुको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

निर्णयअनुसार जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले नै गर्नेछन्। यस्तै सो पार्टीबाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको हो।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस