Techie IT
×
गृहपृष्ठराजनीतिकाँग्रेसले यसपटक पनि दशैंको चियापान नगर्ने

काँग्रेसले यसपटक पनि दशैंको चियापान नगर्ने


काठमाडौँ । नेपाली काँग्रेसले यसपटक पनि दशैंको चियापान नगर्ने भएको छ । कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष पनि नगरिने बताएको छ ।

कोरोना महामारीको जोखिम अझै रहिरहेको भन्दै यसवर्षको चियापान समारोह नगरिने काँग्रेसले जनाएको छ ।‘नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ’, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ​।

सरकारले कोरोना विरुद्धको खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस