Techie IT
×
गृहपृष्ठराजनीति‘बलिदान’का ‘अञ्चलाधीश’ शाक्य, जसले सम्हाल्ने भए कांग्रेस काठमाडौंको बागडोर

‘बलिदान’का ‘अञ्चलाधीश’ शाक्य, जसले सम्हाल्ने भए कांग्रेस काठमाडौंको बागडोर


काठमाडौँ –

नेपालको राजनीतिक र सामाजिक जीवनमा २०४६ सालको आन्दोलनको विशेष महत्व छ। तीस वर्ष लामो एकदलीय पञ्चायती व्यवस्था परिवर्तनका लागि हजारौं नेपालीले बलिदान दिएका थिए।

यसै काथामा आधारित फिल्म थियो ‘बलिदान’ देश र प्रजातन्त्रका लागि ज्यानको बाजी थाप्नेहरुको कथामा आधारित छ बलिदान फिल्ममा कांग्रेस नेतृत्वको त्यही जनआन्दोलनकै समयमा ३० वर्षीय एकदलीय पञ्चायती निरंकुश शासन ढलेर नेपालमा प्रजातन्त्र पनि स्थापना भएको थियो।

त्यस समयमा निर्दलीय व्यवस्था ढालेर बहुदल ल्याउने क्रममा हजारौँ नेपालीले बलिदानी दिएका थिए। २०४६ सालको जनआन्दोलनमा देश र प्रजातन्त्रका लागि ज्यानको बाजी थाप्नेहरूको कथालाइ बटुलेर तुलसी घिमिरेले निर्देशन गरेका थिए।

उक्त चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अञ्जना श्रेष्ठ, नीर शाहको मुख्य भूमिका रहेको थिए। भने, निरंकुश र डरलाग्दा अञ्चलाधीशको भूमिकामा थिए, ‘नीलकाजी शाक्य।’

अहिले समयसँगै तिनै निरंकुश अञ्चलाधीश नीलकाजी शाक्य देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकामा कांग्रेस सभापति बनेका छन्। उनी आइतबार राति सम्पन्न निर्वाचनबाट कांग्रेसको महानगर कार्यसमिति सभापतिमा निकै राम्रो मत ल्याएर निर्वाचित भएका छन्।

उनले सात सय ८६ मत ल्याएका हुन भने उनले सभापतिका अर्का उम्मेदवार प्रगतिमान रञ्जितलाई पराजित गरे हुन्। शाक्यलाई कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाले साथ दिएका थिए।

काठमाडौं महानगरपालिका वडा नम्बर २५ मा वडाअध्यक्षसमेत रहेका कांग्रेस महानगर सभापति शाक्यले फिल्म र तेली सिरियल अनि ‘कान्तिपुर’ लगायतका टेलिचलचित्रहरु र नेपाल भाषाका टेलिचलचित्रमा पनि अभिनय गर्दै आएका छन्। उनी कलाकार राजनीतिज्ञ अनि एक कुशल फुटबलर पनि हुन्। उनी पहिला ‘आरसीटी’ क्लबबाट व्यवसायिक फुटबल खेल्ने गर्दथे।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस