गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानन्यायाधीशको स्पष्टोक्ती : सरकारसँग कोटा मागेको कुरा झुटो हो, विज्ञप्ति निकालेर खण्डन गर्छु प्रधानन्यायाधीशको स्पष्टोक्ती : सरकारसँग कोटा मागेको कुरा झुटो हो, विज्ञप्ति निकालेर खण्डन गर्छु दीप संञ्चार असोज १८, २०७८ गते १२:३० मा प्रकाशित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग आफूले कोटा मागेको कुरा पूर्णतया झुटो रहेको बताएका छन् । सोमबार सर्वोच्च बारका पदाधिकारीहरूसँगको भेटमा उनले यस्ता हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशसमेतलाई कोटा छुट्याइएको समाचार सार्वजनिक भएपछि बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरासँग आज साँढे १० बजे भेट गरेका थिए। सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा सचिव ऋषिराम घिमिरेसहित बारको कार्यसमितिले प्रधानन्यायाधीशलाई यसबारे गम्भिर ध्यानाकर्षण गराएको थियो।भेटमा सहभागी सर्वोच्च बारका सचिव घिमिरेका अनुसार भेटका क्रममा प्रधानन्यायाधीश जबराले समाचारमा कुनै सत्यता नरहेको बताएका थिए। प्रधानन्यायाधीश जबराले यसबारे छिट्टै विज्ञप्ति निकालेर खण्डन गर्ने बताएका थिए।छलफलमा सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश समक्ष सरकारसँग कोटा माग गरिएको विषय प्रकाशमा आएको भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिएको सर्वोच्च बारका एक पदाधिकारीले बताए।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल