गृहपृष्ठ ∕ राजनीति ∕ देउवाको गृहजिल्ला डडेल्धुरामा नगरसभापति बन्ने २८ वर्षिय युवा देउवाको गृहजिल्ला डडेल्धुरामा नगरसभापति बन्ने २८ वर्षिय युवा दीप संञ्चार असोज १०, २०७८ गते २०:४० मा प्रकाशित काठमाडौँ –नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको सातवटै पालिकाको अधिवेशनबाट पालिका सभापतिहरुमा युवाहरुको वर्चश्व देखिएको छ ।परशुराम नगरपालिकामा २८ वर्षिय भरत बडायर जोशी नगरसभापतिमा बिजयी भएका छन् । पालिका अधिवेशनमा खसेको कुल दुई सय मतमध्ये उनले १ सय ४८ मत र प्रतिस्पर्र्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत प्राप्त गरेका थिए । ४ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए ।निर्वाचन अधिकृत बमकाअनुसार भागेश्वर गाउपालिका सभापतिमा डम्बरराज जोशी विजयी भएकाछन् । उनले कुल ८४ मत मध्ये ५६ र प्रतिपस्पर्धी लालबहादुर मडैले २५ मत प्राप्त गरेको र २ मत बदर भएको छ ।अजयमेरु गाउँपालिका सभापतिमा कुल खसेको १०४ मतमध्ये ८४ प्राप्त गरि टेकराज पाण्डेय बिजयी भएकाछन् । उनले प्रतिस्पर्धी निवर्तमान पालिका सभापति कर्णबहादुर मल्लले १९ मत प्राप्त गरेको र १ मत बदर भएको बताइएको छ ।आलिताल गाउँपालिका सभापतिमा चन्द्रदेव बोहरा ६९ प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी धनबहादुर देउवाले ५९ मत प्राप्त गरेका थिए। कुल १ सय ३१ मत खसेको र ३ मत बदर भएको छ । गन्यापधुरा गाउँपालिका सभापतिका लागि खसेको कुल ८५ मतमध्ये ४७ मत प्राप्त गरी ईन्द्रबहादुर कार्की विजयी भएकाछन् । उनका प्रतिस्पर्धी दलबहादुर भाटले ३८ मत प्राप्त गरेका थिए ।अमरगढी नगरपालिकाको सभापतिमा खेमराज भट्ट (मायालु) र नवदुर्गा गाउँपालिकाको सभापतिमा भोजराज भट्ट सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत बमले बताए । नेपाली काँग्रेस जिल्ला सभापति कर्ण मल्ल पक्षका नेताहरुले भने वडा अधिवेशन बैधानिक नभएको र वडा अधिवेशनसहित क्रियाशील सदस्यता विवाद समाधान गर्नुपर्ने भन्दै रिले अनशन बसिरहेकाछन्।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहणविवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामाबालेनको जित निश्चित !काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु