गृहपृष्ठ ∕ राजनीति ∕ नेपाललाई ओलीको काउन्टर : ‘मच्छरले हात्ती खाएको सपना देख्नु र माधव नेपालले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो’ नेपाललाई ओलीको काउन्टर : ‘मच्छरले हात्ती खाएको सपना देख्नु र माधव नेपालले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो’ दीप संञ्चार असोज १०, २०७८ गते २०:०७ मा प्रकाशित काठमाडौँ –नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मच्छरले हात्ती खाएको सपना देख्नु र माधव नेपालले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै भएको टिप्पणी गरेका छन् ।ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको आइतवार जवाफ दिँदै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो,’ उनले भने ।यस्तै उनले आफ्नो नेतृत्वको सरकारको पालामा असाधारण काम भएकोले जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति नरहेको बताएका छन् ।‘जनताकोमा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन । केही काम नगरेका र खराब गरेकाहरू त चुनावमा जाने भन्दैछन्,’ ओलीले भने, ‘जनताको पक्षमा असाधारण काम भएका छन् । यो कुराको झलक राजनीतिक प्रतिवेदनमा छ ।’क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ