गृहपृष्ठ ∕ राजनीति ∕ डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय दीप संञ्चार असोज ५, २०७८ गते २१:३२ मा प्रकाशित काठमाडौँ –सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । अब कांग्रेस सांसद् नारायण खड्का परराष्ट्रमन्त्री बन्ने लगभग पक्का भएको छ ।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको बालुवाटार श्रोतले बताएको हो ।प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता डा. नारायण खड्कालाई परारष्ट्रमन्त्री बनाउने अडान लिँदै आएका छन् ।नेपाली कांग्रेसबाट नेता बालकृष्ण खाँणले गृह मन्त्रालय सम्हालिरहेका छन् । र, नेता ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् ।नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा अर्थमन्त्री र नेतृ पम्फा भुसाल उर्जामन्त्री भएकी छिन् । यस्तै साउन १० गतेमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । त्यसबाहेक अरु सबै मन्त्रालय देउवाकै जिम्मामा छन् ।सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने र अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको गठबन्धनका एक नेताले बताएका छन् ।उनका अनुसार परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ । कांग्रेसको आन्तरिक समीकरणमा थप उथलपुथल नभए खड्काले बुधबार पद तथा गोपनीयताको शपथ लिने बालुवाटार श्रोतको भनाई छ ।अरु मन्त्रालय भागबण्डाबारे छलफल गर्न बुधबार फेरि बैठक बस्ने नेताहरूले बताएका छन् । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप