गृहपृष्ठ ∕ राजनीति ∕ डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय दीप संञ्चार असोज ५, २०७८ गते २१:३२ मा प्रकाशित काठमाडौँ –सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । अब कांग्रेस सांसद् नारायण खड्का परराष्ट्रमन्त्री बन्ने लगभग पक्का भएको छ ।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको बालुवाटार श्रोतले बताएको हो ।प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता डा. नारायण खड्कालाई परारष्ट्रमन्त्री बनाउने अडान लिँदै आएका छन् ।नेपाली कांग्रेसबाट नेता बालकृष्ण खाँणले गृह मन्त्रालय सम्हालिरहेका छन् । र, नेता ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् ।नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा अर्थमन्त्री र नेतृ पम्फा भुसाल उर्जामन्त्री भएकी छिन् । यस्तै साउन १० गतेमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । त्यसबाहेक अरु सबै मन्त्रालय देउवाकै जिम्मामा छन् ।सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने र अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको गठबन्धनका एक नेताले बताएका छन् ।उनका अनुसार परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ । कांग्रेसको आन्तरिक समीकरणमा थप उथलपुथल नभए खड्काले बुधबार पद तथा गोपनीयताको शपथ लिने बालुवाटार श्रोतको भनाई छ ।अरु मन्त्रालय भागबण्डाबारे छलफल गर्न बुधबार फेरि बैठक बस्ने नेताहरूले बताएका छन् । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे…बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचितललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहणविवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’