गृहपृष्ठ ∕ राजनीति ∕ डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय दीप संञ्चार असोज ५, २०७८ गते २१:३२ मा प्रकाशित काठमाडौँ –सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । अब कांग्रेस सांसद् नारायण खड्का परराष्ट्रमन्त्री बन्ने लगभग पक्का भएको छ ।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको बालुवाटार श्रोतले बताएको हो ।प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता डा. नारायण खड्कालाई परारष्ट्रमन्त्री बनाउने अडान लिँदै आएका छन् ।नेपाली कांग्रेसबाट नेता बालकृष्ण खाँणले गृह मन्त्रालय सम्हालिरहेका छन् । र, नेता ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् ।नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा अर्थमन्त्री र नेतृ पम्फा भुसाल उर्जामन्त्री भएकी छिन् । यस्तै साउन १० गतेमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । त्यसबाहेक अरु सबै मन्त्रालय देउवाकै जिम्मामा छन् ।सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने र अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको गठबन्धनका एक नेताले बताएका छन् ।उनका अनुसार परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ । कांग्रेसको आन्तरिक समीकरणमा थप उथलपुथल नभए खड्काले बुधबार पद तथा गोपनीयताको शपथ लिने बालुवाटार श्रोतको भनाई छ ।अरु मन्त्रालय भागबण्डाबारे छलफल गर्न बुधबार फेरि बैठक बस्ने नेताहरूले बताएका छन् । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट