Techie IT
×
गृहपृष्ठराजनीतिकिन रातभर सुत्न सकिनन् मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ?

किन रातभर सुत्न सकिनन् मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ?


काठमाडौँ –

एमाले नेतृ अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन् । साथै उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन् ।

बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएकी हुन् । ‘मेरो प्रस्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यक्ता छ’, शाक्यले भनिन्, ‘माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ ।’

साथै उनले नेकपा विभाजनपछि आफु लामो समय बाहिर बस्नुपर्दा धेरै पीडाबोध भएको गुनासो पनि गरिन् ।

‘वागमती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी शाक्यले नेकपा विभाजनपछि लामो समय एमाले हुन नसके भन्दै एमालेभन्दा बाहिरै बस्नुपरेको गुनासो सुनाइन् ।

मेरो जिन्दगीमा त्यो बेला सबभन्दा पीडाको समय भयो । म रातभरि सुत्न सकिँन । किन हामी मिल्न सकेनौ रु भन्ने कुरा मनमा खेल्यो । तर ०७८ जेठ १ मा खुसी भएँ । एमाले विवाद मिलाउन कार्यदल बन्यो र त्यसले प्रस्ताव अघि ल्यायो अनि बल्ल आफ्नै घरभित्र पस्न पाउनेभयौ भनेर खुसी भएँ’, शाक्यले पीडा पोखिन् उनले एमाले पार्टी बनाउन आफु र आफुजस्तै हजारौंको त्याग र समर्पण रहेकाले पछिल्लो पटक एमाले हुन पाउँदा आफूलाईजस्तै अरुलाई पनि खुसी लागेको महशुस भएको बताइन् ।

उनले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेको आजको आवश्यक्ता भनेको ‘सुदृढ नेकपा एमाले’ भन्दै यसलाई बलियो र विचार युक्त बनाउन विचारबाट विचलित हुन नहुने बताइन् । उनले अबदेखि प्यानलगत चुनाव गर्न सके सुदृढ एमाले बनाउन सकिने दावी समेत गरिन् । उनले पार्टीमा विगतमा विचार शुन्य भएकाले गुटबन्दी मौलाएको भन्दै विचारको छलफल र प्रशिक्षण आवश्यक्ता रहेकाले विगतका गल्तीको निर्मम समिक्षा गर्न जरुरी रहेको बताइन् । ‘किन यस्तो भयो भनेर हामीले अत्यन्तै निर्मम समिक्षा गर्नैपर्छ, जनमतलाई कदर गर्नैपर्छ’, शाक्यको भनाइ छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस