गृहपृष्ठ ∕ राजनीति ∕ किन बनाँइदैछ यी १६ वर्षीया बालिकालाई गाउँपालिका अध्यक्ष ? किन बनाँइदैछ यी १६ वर्षीया बालिकालाई गाउँपालिका अध्यक्ष ? दीप संञ्चार भदौ २९, २०७८ गते २१:०५ मा प्रकाशित काठमाडौँ –मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई आज (मंगलबार) एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइने भएको छ। उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिका प्रमुख बनाइने भएको हो। आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम उनले गर्नेछिन्।स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीका बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले १६ वर्षीया बालिकालाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए। उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउन एवं राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउन गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने कार्यक्रम गर्न लागिएको जानकारी उनले दिए।अधिकारीका अनुसार नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तहको सरकारले उठान, व्यवस्थापन एवं सम्बोधन गर्ने बालबालिकाका विषय र स्थानीय तह तथा नेतृत्वका सवालमा बालबालिकाको बुझाईलाई यस कार्यक्रमले प्रष्ट पार्ने अपेक्षा गरिएको छ। उनले गाउँपालिका अध्यक्षको भूमिकामा बालबालिकालाई राखेर अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चको रूपमा ‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ भन्ने कार्यक्रम गर्न लागिएको बताए।गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले राष्ट्रिय बालदिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार मंगलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाटै सुस्मिता अध्यक्षमा छनोट हुनेछिन्।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल