गृहपृष्ठ ∕ राजनीति ∕ गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा दीप संञ्चार भदौ २८, २०७८ गते ६:४३ मा प्रकाशित काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ ।२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए ।पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले दुई महिनासम्म पनि पाँच जना नै मन्त्रीका भरमा सरकारलाई अघि बढाइरहेका छन् । त्यसमा पनि एक जना भने राज्यमन्त्री छन् । प्रधानमन्त्रीसहित गर्दा सरकार ६ सदस्यीय मात्रै छ ।मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको आलोचना दिनदिनै बढ्दो छ । प्रधानमन्त्री देउवाले सरकारको आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दलबाट मन्त्रीका लागि नाम पठाउन पटकपटक शीर्ष नेताहरूलाई आग्रहसमेत गर्दै आएका छन् । उनले गत बिहीबारबाट भने निरन्तरजसो गठबन्धन बैठकमा मन्त्रीको लिस्ट दिन नेताहरूलाई आग्रह गरिरहेका छन् ।‘प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारमा एकदमै चिन्तित हुनुहुन्छ, कसरी हुन्छ पहिले मन्त्रिपरिषद् विस्तार गरौं भन्नेतर्फ उहाँको ध्यान छ तर गठबन्धन आबद्ध दलका नेताहरूको एकपछि अर्को वाहनाले प्रधानमन्त्रीलाई सकस परिसकेको छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने ।तर, गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूले भने प्रधानमन्त्री देउवालाई मन्त्रीको लिस्ट दिन सकेका छैनन् । उनीहरूले मन्त्रीका आकांक्षी धेरै भएको र संख्यासमेत बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिँदै आइरहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ?भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयीकाठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन !कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि छन बालेन ? युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह