Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिदीपक मनाङे भन्छन्- मेरो सम्पत्ति कति र कहाँ छ भन्ने आफैँ कन्फ्युज छु

दीपक मनाङे भन्छन्- मेरो सम्पत्ति कति र कहाँ छ भन्ने आफैँ कन्फ्युज छु


काठमाडौँ –

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङले आफ्नो सम्पत्ति कति छ भन्ने जानकारी नै नभएको बताएका छन् ।

“म आफैँ कन्फ्युज छु कि मसँग के छ, के छैन भन्ने कुरा । मसँग सम्पत्ति छ, छैन भन्न मिल्दैन । तर, कहाँ छ भन्दा, फर्स्ट वाइफलाई दिइसकेको छु, छोराहरूका नाममा राखिएको छ ।

अब त्यसलाई मेरो भनुँ भने समस्या आउँछ,” उनले भने । उनले आफ्नो पुरानो सम्पत्ति मुद्दा रहेको र त्याे सम्पत्ति पनि बढेको बताए । “अहिलेसम्म मसँग केही पनि छैन । भोलि कसैले दिन्छु भन्दै आउला,” दुई महिनाको कामका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मेरो पुरानो सम्पत्तिमा मुद्दा पनि छ । त्यो सम्पत्ति अहिले बढेको पनि छ ।” उनले सम्पत्ति शुद्धीकरण मुद्दाबाट आफूले सफाइ पाएको पनि बताए । गण्डकीका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङेले अझै गरेका छैनन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस