गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्डको गृह जिल्लामै एमसीसी सम्झौता जलाइयो प्रचण्डको गृह जिल्लामै एमसीसी सम्झौता जलाइयो दीप संञ्चार भदौ २२, २०७८ गते २१:३५ मा प्रकाशित काठमाडौँ –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा एमसीसी सम्झौता जलाइएको छ। एमसीसी खारेजी संघर्ष समितिले मंगलबार एमसीसी सम्झौता जलाएको हो।भरतपुरको नारायणगढ बजारस्थित लायन्सचोकमा एक कार्यक्रम गर्दै एमसीसीविरुद्ध विरोध तथा प्रदर्शन गर्दै संघर्ष समितिले एमसीसी सम्झौता जलाएको हो। राष्ट्रघाती सम्झौता हुन नदिन दबाब दिने उद्देश्यका साथ विरोध तथा प्रदर्शन कार्यक्रम गरेको आयोजक एमसीसी खारेजी संघर्ष समितिले जानकारी दिएको छ।मंगलबार युवा संगठन वाईसिएलको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पास नहुने घोषणा गरेका थिए। नेपालले एमसीसी सम्झौताबारे अमेरिकालाई सोधिएको प्रश्नको जवाफ नआएका कारण एमसीसी सम्झौता पास नहुने बताउँदै ढुक्क भएर बस्न भनेका थिए।उता नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका बारेमा अफवाह नफैलाउन सांसदहरुलाई निर्देशन दिएका छन्। बुधबारको संसद बैठकमा सबै सांसदलाई उपस्थित हुन पनि उनले निर्देशन दिए। सत्ता साझेदारका दुई शीर्ष दलका शीर्ष नेताले एमसीसीका विषयमा फरकफरक अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ।यसैबीच एमसीसीकी उपाध्यक्ष नेपाल आइपुगेकी छिन्। उनी नेपाल आउने समाचार आएसँगै नेपालमा एमसीसीविरुद्धको प्रदर्शनले तीव्रता पाएको छ। देशैभर विरोध तथा प्रदर्शनका कार्यक्रमहरु भएका छन्। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ?राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्नेप्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारीरास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु :… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ८नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी