गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्डको गृह जिल्लामै एमसीसी सम्झौता जलाइयो प्रचण्डको गृह जिल्लामै एमसीसी सम्झौता जलाइयो दीप संञ्चार भदौ २२, २०७८ गते २१:३५ मा प्रकाशित काठमाडौँ –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा एमसीसी सम्झौता जलाइएको छ। एमसीसी खारेजी संघर्ष समितिले मंगलबार एमसीसी सम्झौता जलाएको हो।भरतपुरको नारायणगढ बजारस्थित लायन्सचोकमा एक कार्यक्रम गर्दै एमसीसीविरुद्ध विरोध तथा प्रदर्शन गर्दै संघर्ष समितिले एमसीसी सम्झौता जलाएको हो। राष्ट्रघाती सम्झौता हुन नदिन दबाब दिने उद्देश्यका साथ विरोध तथा प्रदर्शन कार्यक्रम गरेको आयोजक एमसीसी खारेजी संघर्ष समितिले जानकारी दिएको छ।मंगलबार युवा संगठन वाईसिएलको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पास नहुने घोषणा गरेका थिए। नेपालले एमसीसी सम्झौताबारे अमेरिकालाई सोधिएको प्रश्नको जवाफ नआएका कारण एमसीसी सम्झौता पास नहुने बताउँदै ढुक्क भएर बस्न भनेका थिए।उता नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका बारेमा अफवाह नफैलाउन सांसदहरुलाई निर्देशन दिएका छन्। बुधबारको संसद बैठकमा सबै सांसदलाई उपस्थित हुन पनि उनले निर्देशन दिए। सत्ता साझेदारका दुई शीर्ष दलका शीर्ष नेताले एमसीसीका विषयमा फरकफरक अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ।यसैबीच एमसीसीकी उपाध्यक्ष नेपाल आइपुगेकी छिन्। उनी नेपाल आउने समाचार आएसँगै नेपालमा एमसीसीविरुद्धको प्रदर्शनले तीव्रता पाएको छ। देशैभर विरोध तथा प्रदर्शनका कार्यक्रमहरु भएका छन्। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट