Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिसंसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई देउवाको निर्देशन

संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई देउवाको निर्देशन


काठमाडौँ –

नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेता देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन् पार्टीका सांसदहरुलाई निर्देशन दिएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

भुसालका अनुसार आजको बैठकमा विशेषगरी बैठकमा प्रधानमन्त्री देउवाले भोलिको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिकाहरू खेल्न र सबै दलहरूसँग परामर्श गरेर मन्त्रालयलाई शीघ्र पूर्णता दिने बताएका छन्।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस