गृहपृष्ठ ∕ राजनीति ∕ नेपालनिकट जनवर्गीय संगठनहरुले भने, ‘एमसीसीको घोर विरोध गरौं’ नेपालनिकट जनवर्गीय संगठनहरुले भने, ‘एमसीसीको घोर विरोध गरौं’ दीप संञ्चार भदौ २१, २०७८ गते २०:१० मा प्रकाशित काठमाडौँ –सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरेपछि विभिन्न संघ संगठनहरुले विरोध गर्न आह्वान गरिरहेका छन्। सोमबार नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनहरुले एमसीसी सम्झौताको घोर विरोध गर्न आह्वान गरेका छन्।सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले एमसीसी सम्झौता पारित गर्ने उद्देश्यले संसद अधिवेशन आह्वान गरेको र एमसीसी आयोजनाका उपाध्यक्ष फतेमा सुमारको हुने भनिएको नेपाल भ्रमणले थप सशंकित बनाएको भन्दै यसको जमेर विरोध गर्ने आग्रह गरिएको हो।‘त्यसैले हामी नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको आज बसेको बैठकले एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै देशको वर्तमान तरल राजनीतिक परिस्थिति, कोभिड महामारीबाट जनताहरु प्रताडित भएको अवस्था तथा देशभर बाढी, पहिरो लगायतका प्रकोपबाट जनधनको क्षति भइरहेको यस विषय परिस्थितिमा देशी विदेशी प्रतिक्रियावादी र साम्राज्यवादीहरुबाट हुन सक्ने षड्यन्त्रप्रति सजग हुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा अखिल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राई, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बास्कोटा, पेसागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, मानव अधिकार एलाइन्सका संयोजक उषा पोखरेल, नेपाल ट्रेड युनियन महासंघका विष्णु लम्साल, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष कान्ती बुर्लाकोटी छन्।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहणविवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामाबालेनको जित निश्चित !काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु