दाङ्गमा कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न, कतै सहमति कतै निर्वाचन
दाङ – नेपाली काङ्ग्रेस यति बेला पार्टीको १४ औं महाधिबेशनको संघारमा छ। कतै सर्बसम्मत पदाधिकारी चयन भएका छन, कतै सर्बसम्मत सहमति गराउने प्रयास भैरहेको छ भने कतै सहमति जुट्न नसक्दा निर्वाचन हुने भएको छ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देउखुरीका चार वटा स्थानीय पालिकामा धेरै जसो वडाको वडा अधिबेशन सकिएको छ ।
राजपुर गाउँ पालिकाका ४, ५, ६, र ७ मा पनि सर्बसम्मत रुपमा सहमति जुटेको छ भने अन्य वडामा छलफल भैरहेको छ। गढवा गाउँपालिकाको १, २, ३, ५, ६, र ८ मा पनि अधेबेशंका लागि सहमति जति सकेको छ भने अन्य वडाहरुमा निर्वाचन हुने पक्कापक्की भएको नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले जानकारी दिए।
राप्ती गाउँपालिकाको ३, ५, ६, ७, ८ र ९ नम्बर वडामा सहमति भएको र अन्य वडाहरुमा निर्वाचनको लागि तयारि भैरहेको छ। आइतवार लमही नगरपालिका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ को वडा अधिबेशन सर्बसम्मत रुपमा सम्पन्न भएको छ । वडा नम्बर ९ को वडा सभापतिमा लिलाधर खड्का दोहोरिएका छन भने वडा नम्बर १ मा निर्वाचन हुने भएको छ ।
लमही नगरपालिका वडा नम्बर ९ मा क्षेत्रीय प्रतिनिधिका लागि खुल्लाबाट केशर बहादुर पछाई शेखर, गुरु प्रसाद केसी, सिताराम केसी, भेष बहादुर केसी रमेश, तेजमणी ज्ञवाली, पूर्ण बहादुर बस्नेत र ओम प्रकाश बस्नेत चयन भएका छन्।
त्यस्तै महिलाबाट मुन्नी विक, कलसी चौधरी र इश्वरा पछाई, थारु पुरुषबाट श्रीराम चौधरी र जंग बहादुर चौधरी, थारु महिलाबाट शान्ती चौधरी, महिला कोटाबाट देबीमाया थापा, दलितबाट पूर्ण प्रकाश विश्वकर्मा “प्रिया स्मृती गजमेर”, अपांग बाट दिल बहादुर केसी “प्रिया स्मृती ढकाल”, जनजातीबाट प्रेम बहादुर घर्ती, मधेसीबाट जगदीश प्रसाद दुबेदी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको मतदान अधिकृत डिल्ली भण्डारीले जानकारी दिए ।
क्षेत्रीय प्रतिनिधिका लागि निकै सौहार्दपूर्ण वातावरणमा सहमति भएको मतदान अधिकृत भण्डारीले भने । निर्वाचित सबैलाई आइतवार नै प्रमाणपत्र प्रदान गरिएको छ । वडाको अधिवेशन सहमति अनुशार भएकोले वडा नम्बर ९ मा अझै पनि नेपाली काङ्ग्रेस एक ढिक्का भएको संदेश दिएको वडा सभापति लिलाधर खड्काले बताए । हामीले पार्टीलाई मजबुत बनाएर लैजानका लागि कटिबद्ध छौं”- खड्काले भने ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस