गृहपृष्ठ ∕ राजनीति ∕ हिजो एमसीसी पास गर्न तम्सिएका ओली आज आफै चर्को विरोध गर्छन : रामकुमारी झाँक्री हिजो एमसीसी पास गर्न तम्सिएका ओली आज आफै चर्को विरोध गर्छन : रामकुमारी झाँक्री दीप संञ्चार भदौ १९, २०७८ गते १९:१७ मा प्रकाशित काठमाडौँ –नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन्।शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्ने गरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढनु परेको तर्क गरिन्।उनले भनिन्, ‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुर्क्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन् । त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन् । मलाई सम्झना छ– ५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिसन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिसन के थियो ? महाकाली सन्धिका बेला ।’नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुने टिप्पणी समेत गरिन् । उनले कम्युनिष्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरुले सत्ताबाट हटाएको पनि पटकपटक दोहोर्याइन् ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपचुनावअघि सरकारमा जादैनौं – रवि लामिछानेखानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामानवनियूक्त मन्त्रीहरूलाई राष्ट्रपति पौडेलद्वारा सपथ , सातौं पटकमन्त्रीपरिषद पुनर्गठन, प्रधानमन्त्रीसँग…राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै ताजा अपडेट डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ : वरिष्ठ उपाध्यक्ष ढकाल उपचुनावअघि सरकारमा जादैनौं – रवि लामिछाने किन आउँछ हाई ? धेरै सुत्नु हुन्छ ! घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी नेपालीहरु ? खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा नवनियूक्त मन्त्रीहरूलाई राष्ट्रपति पौडेलद्वारा सपथ , सातौं पटकमन्त्रीपरिषद पुनर्गठन, प्रधानमन्त्रीसँग पाँच मन्त्रालय हुँदा कुन दलबाट को को मन्त्री ?