गृहपृष्ठ ∕ राजनीति ∕ एमसीसी कुनै पनि हालतमा पारित हुँदैन : धर्मेन्द्र बाँस्तोला एमसीसी कुनै पनि हालतमा पारित हुँदैन : धर्मेन्द्र बाँस्तोला दीप संञ्चार भदौ १८, २०७८ गते २१:१६ मा प्रकाशित काठमाडौँनेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले कुनै पनि हालतमा एमसीसी पारित हुन नसक्ने बताएका छन् । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले यस्तो बताएका हुन् ।उनले एमसीसी सामूहिक हित र स्वार्थका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि पारित गर्न खोजिएको भन्दै यो पारित हुन नदिने बताए । ‘एमसीसीले नेपाललाई कंगाल बनाउने निश्चित छु, उनले भने, ‘अहिले अफगानिस्तानमा जुन प्रकारको विद्रोह छ, त्यही आतंक नेपालामा फैलिनेछ। अमेरिकाले नेपाललाई एमसीसीका माध्यमबाट ठिक त्यही गर्न चाहेको छ । सबै मिलेर एमसीसी लागू गर्न दिनुहुँदैन ।’यो नेपालको हितमा नरहेको र नेकपाका लागि स्वीकार्य नहुने उनको भनाइ छ । ‘समग्र नेपाली जनता एमसीसीको विरुद्ध छन्’, उनले भने, ‘एमसीसीका पछाडि दुर्भाग्यका संकेतहरू देखिएका छन् ।’नेपाललाई आधारभूमि बनाएर छिमेकीका शक्तिशाली देशलाई टुक्राटुक्रा बनाउने रणनीति अमेरिकाको भएको भन्दै बाँस्तोलानले भने, ‘सिंगो देश एकातिर छ । एमसीसी पारित भएको खण्डमा देशमा ठूलो क्रान्ति हुने सम्भावना छ ।’ क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल